सबारी दुर्घटनामा तीन जनाको मृत्यु

जनकपुरधाम- मोरङमा जिप र ट्रिपर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान सवारी दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार दुर्घटनामा झापाको कमल गाउँपालिका २ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दीपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते हरि खनाल र गायत्री भट्टराईको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

बेलबारीबाट पूर्वतर्फ जाँदै गरेको मे १ ज २८५६ नम्बरको जिपलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र.२–००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिँदा दुर्घटना भएको हो।

ट्रिपरले जिपलाई ठक्कर दिनुअघि काठमाडौंतर्फ आउँदै गरेको प्रदेस ३–क–००१ख २७१८ नम्बरको यात्रुबाहक बसलाई समेत ठक्कर दिएको थियो।

प्रहरीले ट्रिपर र चालक सुन्दरहरैचा–७ बस्ने चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरू गरेको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *