जनकपुरधाम- टि–२० श्रृंखलाको दोस्रो खेलमा नेपाल वेस्टइन्डिज ‘ए’ सँग पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार भएको खेलमा घरेलु टोली नेपाल वेस्टइन्डिजसँग १० रनले पराजित भएको हो।
जितका लागि १६१ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १५० रनमात्र बनाउनसक्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७१ रन बनाए। त्यस्तै गुलशन झाले २६, लोकेश बलमे १७ र आरिफ शेखले १२ रनको योगदान गरे।
वेस्टइन्डिजका ओबेद म्याककोय र गुडाकेश मोतीले २/२, ओसेन थोमसन र रोस्टन चेजले १/१ विकेट लिए।
वेस्टइन्डिजले १६० रनको योगफल बनाउने आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाएका थिए। कप्तान रोस्टन चेजले २३ रन जोडे।
नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २/२, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।
शनिबार नेपालले वेस्टइन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको थियो।
आइसिसी टि–२० विश्वकप २०२४ को तयारीस्वरूप नेपालले वेस्टइन्डिज ‘ए’ सँग खेलेको हो।
Leave a Reply