जनकपुरधाम- वीरगञ्जमा निःशुल्क धार्मिक चलाउँदै आएका भारतीय ‘काली कम्बलवालावाला’ बाबालाई प्रहरीले पक्राउ गर्न खोजेपछि स्थानीयले अवरोध गरेका छन्।
वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित चिनी मिलको जग्गामा शिविर चालउँदै आएका बाबालाई प्रहरीले पक्राउ गर्न खोजेपछि स्थानीयले अवरोध गरेका हुन्।
प्रहरी हस्तक्षेपविरूद्ध स्थानीयवासीहरू सडकमा बसेर प्रदर्शन गरेका छन् भने ढुंगामुढासमेत भएको छ।
यता प्रहरीले पक्राउ गर्न खोजेको सूचना पाएलगत्तै भारतीय बाबा शिविरबाट अचानक गायब भएका छन्।
उनले फागुन ३० गतेदेखि ११ दिनका लागि चिनी मिलको जग्गामा निःशुल्क शिविर लगाएका थिए।
शिविरमा उनले पक्षघात, हातगोडा नचल्ने, ढाँड कम्मर दुख्ने, क्यान्सर, सुगर, रक्तचापलगायतका दीर्घ बिरामीलाई आफ्नो कालो कम्बलले टकटकाएर निको पारिदिने दाबी गर्दै आएका थिए।
काली कम्बलवाला बाबाको अन्धविश्वासमा परेर शिविरमा मधेसका जिल्लाका साथै भारतबाटसमेत दिनहुँ हजारौंको संख्यामा बिरामी आउने गरेका थिए।
तर, आइतबार दिउँसो १२ बजेतिर उनी अचानक शिविर छाडेर गायब भएपछि उपचारका लागि आएकाहरू प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको थियो।
प्रदर्शनमा उत्रिएकाहरूले प्रहरीले बाबालाई पक्राउ गरेर लगेको भन्दै सडकमै बसेर धर्ना दिएका थिए।
धर्नाका कारण अवरूद्ध भएको सडक खोलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको थियो।
प्रहरीले भने बाब आफैं गायब भएको बताएको छ। पर्साका प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले ठगी गर्दै आएका बाबाको पोल खुलेपछि उनी आफैं फरार भएको बताए।
Leave a Reply