जनकपुरधाम – हङकङमा लोकतन्त्रको समर्थनमा भएको आन्दोलनमा भाग लिएको भन्दै कलाकार ग्रेगरी वाङसहित १२ जनालाई जेल सजाय सुनाइएको छ।
सन् २०१९ मा लोकतन्त्रको पक्षमा भएको आन्दोलनलाई समर्थन गरेको आरोपमा उनीहरूलाई जेल सजाय सुनाइएको हो।
हङकङको एक जिल्ला अदालतले शनिबार कलाकार वाङलाई ६ वर्षबढीको जेल सजाय सुनाएको छ।
अभियान्ता वेन्टस लाउ विंग–होंग र ओवन चाउलाई पनि कैद सजाय सुनाइएको छ।
त्यस्तै ‘लेजिस्लेटिव काउन्सिल’ को कार्यकक्षमा विनाअनुमति प्रवेश गरेकोमा दुई पत्रकारलाई जरिवाना तोकिएको छ।
सन् २०१९ मा हङकङमा विवादस्पद कानुन ल्याउँदा गर्दाको यो मामिला हो।
त्यो कानुनअनुसार हङकङका नागरिकलाई चीनको मुख्य भूमिमा प्रत्यर्पण गर्न सकिन्थ्यो।
कानुनको विरोधमा हङकङमा विरोध प्रदर्शन भएको थियो।
सैयौं मानिस ‘लेजिस्लेटिव काउन्सिल’ मा प्रवेश गरेर त्यहाँको पर्खालमा आफ्नो सन्देश पेन्ट गरेका थिए।
Leave a Reply