जनकपुरधाम- पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भएको छ।
पश्चिमी न्यून चापीय प्रणालीका प्रभावका कारण बुधबार बिहानबाट वर्षा सुरू भएको हो।
बुधबारदेखि सुरू भएको वर्षा तीन दिनसम्म रहिरहने जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले जनाएअनुसार बुधबारजस्तो झरी नपरे पनि आगामी तीन दिनसम्म उल्लेख्य रूपमा मौसममा सुधार हुने छैन।
तीन दिनपछि पनि नयाँ प्रणाली भित्रिने भएकाले वर्षाको सम्भावना छ। बिहीबार कोसी र मधेस प्रदेसमा हुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदहरूले बताएका छन्।
महाशाखाका अनुसार बुधबार विशेषगरी कोसी, मधेस र बागमती प्रदेसमा वर्षा भएको छ।
बुधबारदेखि लगातार भइरहेको वर्षाका कारण १५ दिने मिथिला मध्यमा परिक्रमामा सहभागी श्रद्धालुहरू समस्यामा परेका छन्।
आफ्नै पाल भएका सहभागीहरू वर्षाबाट रुझ्न जोगिएका छन् भने पाल नहुनेहरू ओत खोज्न बाध्य भएका छन्।
मिथिला मध्यमा परिक्रमाका क्रममा प्रायः जसो हरेक वर्ष वर्षा हुनेगरे पनि सरोकारवाला निकायले श्रद्धालुहरूका लागि उचित व्यवस्थापन गर्नतर्फ चासो देखाउन सकेका छैनन्।
Leave a Reply