मोदीको सपथग्रहण समारोहमा क–कसलाई पठाइएको छ निमन्त्रणा?

जनकपुरधाम- लोकसभा चुनावमा २९२ सिटमा एनडिएले जित हासिल गरेसँगै भाजपा नेपा नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्री पदको सपथ लिनका लागि तयार छन्।

आइतबार साँझ मोदी र मन्त्रिपरिषदका केही सदस्यहरू सपथ लिँदैछन्।

सपथग्रहण समारोहका कैयौं देशका प्रमुख र सरकार प्रमुखहरूलाई बोलाइएको छ।

आइतबार साँझ ७ : १५ बजे हुने सपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रानिल विक्रमसिंघे, भुटानका प्रधानमन्त्री शेरिङ टोबगे, सेशेल्सका उपराष्ट्रपति अहमद आफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ र मालदिभ्सका राष्ट्रपति मोहम्म मुइज्जुलाई निमन्त्रणा पठाइएको छ।

मोदीको सपथग्रहण समारोहमा ८ हजारबढीको सहभागिता रहने जनाइएको छ।

भारत सरकारले जारी गरेको विज्ञप्तिअनुसार सपथग्रहण समारोहमा सहभागी हुने विदेशी पाहुनालाई राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रपति भवनमा रात्री भोज दिनेछिन्।

छिमेकी मुलुकका नेताहरूलाई ‘नेबरहुड पोलिसी’ र ‘सागर भिजन’ तहत निमन्त्रणा पठाइएको विज्ञप्तिमा भनिएको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *