महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं- गृह मन्त्रालयले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएको छ।

गृहले सुन तस्करी प्रकरणमा उनलाई कारबाही गर्न निर्देशन दिएको हो।

सुन प्रकरणमा संलग्न रहेकाले महरालाईकारबाही गर्न उच्चस्तरीय छानबिन आयोगले सिफारिस गरेको थियो।

आयोगले गरेको सिफारिसअनुसार कारबाही गर्न निर्देशन दिएको गृह स्रोतले बताएको छ।

गृहमन्त्री रवि लामिछानेले आइजी वसन्त कुँवर र सिआइबीका एआइजी श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिएको बताइएको छ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले महरालाई कारबाही गर्न सिफारिस गरेको थियो।

यसअघि महरासँग सुन तस्करी प्रकरणमा सिआइबीले बयानसमेत लिएको थियो।

महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *