मधेस प्रदेसमा आज पनि वर्षाको सम्भावना

जनकपुरधाम- जल तथा मौसम विज्ञान विभागले मधेस प्रदेसमा बिहीबार पनि वर्षाको सम्भावना रहेको जनाएको छ।

मधेसका साथै कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेससहित देशका बाँकी पहाडी स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको हो।

हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारत बिहारको आसपासमा बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेकाले देशभर आंशिकदेखि साधारण बदली रहने विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ।

तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाउँदै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

आगामी २४ घन्टामा देशका कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेसलगायत मुलुकका बाँकी पहाडी भागका केही स्थानका साथै बाँकी तराईका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने अनुमान विभागले गरेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *