भोलि सार्वजनिक बिदा

जनकपुरधाम- सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मुस्लिम धर्माबलम्बीहरूको पर्व बकर–ईद(उल–अजाहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गृह मन्त्रालयले २०८१ माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्माबलम्बीहरूको पर्व बकर–ईदको अवसरमा ३ असारमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा ‘मुस्लिम धर्माबलम्बीहरूको पर्व बकर–ईद (उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको’ उल्लेख छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *