काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरूद्ध काठमाडौंमा प्रदर्शन भएको छ।
महानगरले दुव्र्यवहार एवं तोडफोड गरेको भन्दै काठमाडौंका कवाड व्यवसायीहरूले मेयर साहविरूद्ध प्रदर्शन गरेका हुन्।
कवाड संघर्ष समितिले माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा पेशागत संरक्षणको माग गर्दे प्रदर्शन गरेका हुन्।
प्रदर्शनका सहभागीहरूले ‘छोटे राजाहरूको आतंक बन्द गर, कवाड व्यवसायीको रक्षा गरर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गर’ लगायतका नारा लगाका थिए।
व्यवसायमा कुनैखाले अवरोध नगर्न अदालतको आदेशविपरित महानगरले आफूहरूमाथि गरिरहेको चरम दुव्र्यवहारविरूद्ध बाध्य भएर प्रदर्शनमा उत्रिनुपरेको कवडा संघर्ष समितिका नेता रामकेवल साहले बताए।
प्रदर्शनमा आम जनता पार्टी (आजपा) का महासचिव त्रिभुवन साह, संघर्ष समितिका सञ्जय साह, सरोज श्रेष्ठलगायत कवडा व्यवसायीहरूको उपस्थिति रहेको थियो।
काठमाडौं महानगरभित्र कवडा व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यवसायीहरूलाई महानगरले अवरोध गर्दै आइरहेको छ।
Leave a Reply