बाबा रामदेवलाई अदालतमा हाजिर हुन सुप्रिम कोर्टको आदेश

जनकपुरधाम- भारतको सर्वोच्च अदालतले पतञ्जली आयुर्वेदका संस्थापक रामदेव र प्रबन्ध निर्देशक बालकृष्णलाई अदालतमा पेस हुन आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय हिमा कोहली र अहसानुद्दीलन अमानुल्लाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

अदालतले पतञ्जलीसँग अवमननाको जवाफ नदिनुको कारणसमेत सोधेको छ।

यो मामिला पतञ्जली आयुर्वेदका औषधिहरूलाई लिएर प्रसारित विज्ञापनमा गरिएका ‘भ्रामक’ दाबीसँग सम्बन्धित छ।

यसअघि पतञ्जलीका कानुन व्यवसायीले यस्ता भ्रामक विज्ञापन नगरिने प्रतिबद्धता जनाएका थिए।

गत नोभेम्बरमा अदालतमा यस्तो प्रतिबद्धता जनाइए पनि त्यस्ता विज्ञापन प्रसारित भइरहेको भन्दै फेरि अदालतमा मामिला पुगेको थियो।

अवमानना नोटिसको जवाफ नआएको भन्दै रामदेव र बालकृष्णलाई अदालतमै पेस हुन अदालतले आदेश दिएको हो।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *