काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका छन्।
गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त कुँवर र सिबिआइ प्रमुख एआइजी श्याम ज्ञवालीलाई चौधरीमाथि छानबिन गर्न निर्देशन दिएका हुन्।
निर्देशनपछि चौधरीको बयान लिइने गृहमन्त्री लामिछानेका प्रेस संयोजक प्रमोद न्यौपानेले जानकारी दिए।
न्यौपानेका अनुसार गृहमन्त्री लामिछानेले बाँसबारी जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया आजैबाट सुरू गर्न निर्देशन दिएका छन्।
यो निर्देशनअनुसार कांग्रेस सांसद चौधरीको बयान लिइने भएको छ।
बाँसबारी छाला जुत्ता कारखाना जग्गा प्रकरणमा चौधरीका भाइ अरुण चौधरी पक्राउ परेका थिए।
अरुणलाई काठमाडौं जिल्ला अदालतले हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो।
Leave a Reply