पत्रकार महासंघको महाधिवेशन वैशाख २१ र २२ गते

जनकपुरधाम- पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आगामी वैशाख २१ र २२ गते हुने भएको छ।

महासंघको बुधबार बसेको केन्द्रीय समिति बैठकले विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) मा २७ औं केन्द्रीय महाधिवेशन लुम्बिनीमा गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले महासंघका सबै प्रदेसको अधिवेशन अगामी वैशाख १ देखि १२ गतेसम्म सम्पन्न गर्ने निर्णय गरेको महासचिव रोशन पुरीले जानकारी दिए।

त्यसअघि महासंका सबै शाखा समिति, प्रतिष्ठान शाखा तथा एसोसिएट संस्थाको अधिवेशन गर्न निर्देशन भएको उनले बताए।

प्रदेस तथा शाखाहरूको अधिवेशन सम्पन्न गर्दा महासंघबाट केन्द्रीय प्रतिनिधिको अनिवार्य सहभागिता हुनुपर्ने व्यवस्था महासंघले गरेको छ।

वैठकले महासिधिव तयारीका लागि अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव पुरी रहेको स्टेरिङ समिति गठन गरेको छ।

यो समितिले महाधिवेशनको सम्पूर्ण तयारीलगायत प्रदेस तथा शाखा समितिको अधिवेशन सम्पन्न गर्न आवश्यक समन्वय गर्नेछ।

बैठकले समन्वय गर्न १० वटै प्रदेसमा केन्द्रीय पदाधिकारीलाई प्रदेस संयोजकको जिम्मेवारी तोकेको छ।

जसअनुसार कोशी प्रदेसमा उपाध्यक्ष बाला अधिकारी, मधेस प्रदेसमा सचिव दिपेन्द्र चौहान, बागमती प्रदेसमा सचिव सिर्जना अर्याल, गण्डकी प्रदेसमा लेखा संयोजक लेखनाथ न्यौपाने, लुम्बिनी प्रदेसमा उपाध्यक्ष उदय जिएम, कर्णाली प्रदेसमा कोषाध्यक्ष कलेन्द्र सेजुवाल, सुदूरपश्चिममा सचिव हेमकर्ण विक, एसोसिएट प्रदेसमा सचिव पवन आचार्य, प्रतिष्ठान प्रदेसमा सचिव नारायण किलाम्बु र उपत्यका प्रदेसमा सचिव गोविन्दप्रसाद चौलागाईंलाई जिम्मेवारी दिइएको छ।

केन्द्रीय साधारणसभामा सहभागी भएका राष्ट्रिय परिषद सदस्यहरू नै महाधिवेशनमा सहभागी हुने महासंघको विधानले व्यवस्था गरेको छ।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *