जनकपुरधाम- धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः निर्वतमान अध्यक्ष अशोककुमार चौधरी दोहोरिएका छन्।
शनिबार सम्पन्न निर्वाचनमा चौधरी पुनः संघको अध्यक्ष पदमा निर्वाचित भएका हुन्।
चौधरी २३९ मत ल्याएर अध्यक्षमा निर्वाचित हुँदा उनका निकतम प्रतिद्वन्द्वी रमेशकुमार यादवले १७५ मत ल्याए। अध्यक्ष पदमा पराजित भएका यादव निवर्तमान महासचिव हुन्।
त्यस्तै अध्यक्ष पदका अन्य प्रत्याशीहरू जगदीश महासेठले ६४ र प्रदीपकुमार गुप्ताले १९ मत प्राप्त गरे।
संघको उपाध्यक्षमा जयप्रकाश साह (पप्पु) १३९ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकतम प्रतिद्वन्द्वी विकाशकुमार साहले ११८ मत ल्याउँदा विजयकुमार झा ८३, दिपककुमार शर्मा ३१, सुरेन्द्रकुमार राय ७५ र सन्तोषकुमार साहले १४ मत ल्याए।
संघको महासचिवमा १३४ मत ल्याएर रुपेशकुमार सिंह (मुन्ना) निर्वाचित भएका छन्।
महासचिव पदका अन्य उम्मेदवारहरू राजेश दास (काले) १०१, राकेशप्रसाद जयसवाल ९७, विकासप्रसाद यादव ६६ र वीरेन्द्र यादवले ९४ मत प्राप्त गरे।
सचिवमा मनोजकुमार साह निर्वाचित भएका छन्। साह २०८ मत ल्याएर सचिवमा निर्वाचित भएका हुन्।
सचिव पदका अन्य प्रत्याशीहरू सन्तोषकुमार मुखिया (सर्किट) ९३, मुकेशकुमार कर्ण ७१ र नवनितकुमार झाले ८८ मत प्राप्त गरे।
संघको कोषाध्यक्षमा लक्ष्मणकुमार यादव विजयी भएका छन्। उनले १६४ मत ल्याए।
कोषाध्यक्षका अन्य उम्मेदवारहरू जयकुमार यादव ६७, सुनिलकुमार साह १३२, रञ्जितराज सिंह १११ र बैजनाथ यादवले २६ मत ल्याएका छन्।
सदस्यमा ‘क’ वर्गबाट सन्तोषकुमार यादव र ‘ख’ वर्गबाट सुभाषचन्द्र चौधरी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् भने ‘ग’ वर्गबाट कसैको उम्मेदवारी परेको थिएन।
त्यस्तै ‘घ’ वर्गबाट राजिवकुमार साह, कमलेशकुमार जयसवाल र दिपक यादव निर्वाचित भएका छन्।
‘घ’ वर्गबाट तीन जना सदस्यका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका थिए।
Leave a Reply