तीर्थालु सबार डुङ्गा गंगा नदीमा दुर्घटना, ६ जना बेपत्ता

जनकपुरधाम- बिहारको पटना जिल्लास्थित बाढमा डुङ्गा दुर्घटना हुँदा ६ जना बेपत्ता भएका छन्।

गंगा दशहाराको अवसरमा गंगा नदीमा स्नान गर्न गएका १७ तीर्थालु बोकेको डुङ्गा दुर्घटना भएको हो।

तीर्थालु बोकेको डुङ्गा एक्कासी नदीमा डुबेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दुर्घटनामा परेका १७ जना तीर्थालुमध्ये ११ जना पौडी खेलेर ज्यान जोगाउन सफल भए पनि ६ जना बेपत्ता भएका छन्।

बेपत्ता भएका ६ जना तीर्थालुको खाजीका लागि गोताखोर परिचालन गरिएको छ।

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *