जसपा सांसद अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) की सांसद मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

अन्सारीको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो।

२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधिसभा सदस्य भएकी थिइन्।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त स्थानमा अन्सारी सांसद भएकी हुन्।

२०३६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरू गरेकी उनी सदभावना पार्टीमा आवद्ध भइ २०४६ देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज भएकी थिइन्।

अन्सारी पछिल्लो समय जसपामा आवद्ध थिइन्।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *