जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम- महोत्तरीको जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

गुणस्तरहीन ढलान गरी भ्रष्टाचार गरेको आरोपमा नगरपालिकाका मेयर, उपमेयर र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको हो।

गुणस्तरहीन ढलान गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूविरूद्ध बिहीबार मुद्दा दायर गरेको हो।

नगरपालिकाको वडा नम्बर १ स्थित हाटबजार क्षेत्रमा गुणस्तरहीन ढलान कार्यमा ५ लाख ८४ हजार ६३७ रूपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी छ।

नगरपालिकाबाट आर्थिक वर्ष २०७९/८० मा सञ्चालित वरुण पोखरीनजिक रहेको बजार क्षेत्रमा पिपिसिसी ढलान कार्यमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ।

भ्रष्टाचारमा संलग्न भएको आरोप अख्तियारले नगरपालिकाका प्रमुख सुरेश साह सोनार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल र अधिकृत धिरेन्द्र झाविरूद्ध मुद्दा दायर गरेको छ।

त्यस्तै नगरपालिकाका वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सबइन्जिनियर दीपेशकुमार साहलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ।

उपमेयर रौशन खातुन, वडा नम्बर १ का वडाध्यक्ष अनिलकुमार झा र कार्यपालिका सदस्य सोगरा खातुनविरूद्ध पनि मुद्दा दायर भएको छ।

त्यस्तै अख्तियारले उपभोक्ता समिति अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवीविरूद्ध पनि मुद्दा दायर गरेको छ।

वास्तविक भएभन्दा बढी कार्य गरेको भनी भुटा प्रतिवेदन पेस गरी रकम भुक्तानी भएको अख्तियारले दाबी गरेको छ।

अख्तियारले भुक्तानी भएको ५ लाख ८४ हजार ६३७ रूपैयाँ लाई संयुक्त बिगो कायम गरी उनीहरूविरूद्ध मुद्दा दायर गरेको छ।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *