उपनिर्वाचन : आजबाट मतगणनाको तयारी

काठमाडौं- इलाममा सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना आज सुरू हुँदैछ।

इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि शनिबार सम्पन्न उपनिर्वाचनको मतगणना सुरू हुन लागेको हो।

सर्वदलीय बैठक बसेर मगणना सुरू गर्ने तयारी छ।

मतदान भएका सबै केन्द्रबाट मतपेटिका मध्यरातसम्म मतगणनास्थल ल्याइएको छ। राजनीतिक दल तथा उम्मेदवारहरूको सर्वपक्षीय सहमतिपछि मतगणना प्रारम्भ हुने मुख्य निर्वाचन अधिकृत केशव घिमिरेले जानकारी दिएका छन्।

इलाम–२ मा १२ राजनीतिक दल र ७ स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी प्रतिपस्पर्धामा छन्।

यो क्षेत्रमा नेपाली कांग्रेसका डम्बर खड्का, एमालेका सुहाङ नेम्बाङ, रास्वपाका मिलन लिम्बु र पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

यसैगरी बझाङ प्रदेससभा १ मा शनिबार भएको मतदानपछि मतपेटिका सदरमुकामसम्म ल्याउने काम भइरहेको छ।

दुर्गम ठाउँको मतपेटिका ल्याइसकेपछि मात्र मतगणनाको प्रक्रिया सुरू हुने बताइएको छ।

प्रदेससभा सदस्यको उपनिर्वाचनमा करिब ५० प्रतिशत मतदान भएको छ। प्रदेससभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्।

कांग्रेसबाट अभिषेकबहादुर सिंह, एमालेबाट दमनबहादुर भण्डारी, माओवादी केन्द्रबाट जनकबहादुर बुढा, राप्रपाबाट किशोरकुमार खड्का, नेकपा(एकीकृत समाजवादी) बाट दिलबहादुर सिंह प्रतिस्पर्धामा छन्।

 

 

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *