उद्योगपति चौधरीसँग सिआइबीले लियो बयान

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीसँग बयान लिएको छ।

सरकारी जग्गा हिनामिना गरेको आशंकामा सिआइबीले सांसद चौधरीसँग बिहीबार बयान लिएको हो।

बयान लिनुअघि सिआइबीले चौधरीमाथि अनुसन्धान थालिएको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको थियो।

बुधबार सभामुखलाई जानकारी गराएसँगै सिआइबीले चौधरीसँग बयान लिएको हो।

सिआइबी प्रमुख श्यामलाल ज्ञवालीले जिल्ला सरकारी वकिल कार्यालयमा उनीसँग बयान लिइएको जानकारी दिएका छन्।

चौधरी भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले पक्राउ नगरी सिधै बयान लिइएको सिआइबीले जनाएको छ।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना गरेको आरोपमा प्रहरीले चौधरीका भाइलाई पक्राउ गरेको थियो।

काठमाडौं जिल्ला अदालतले उनलाई जमानी हाजिरीमा छाड्न आदेश दिएको थियो।

SHARINGS

Leave a Reply

Your email address will not be published. Required fields are marked *