जनकपुरधाम- इराकको संसदले समलैङ्गिक सम्बन्धलाई अपराध घोषित गर्ने विधेय पारित गरेको छ।
यो विधेयकमा समलैङ्गिक सम्बन्ध राख्ने व्यक्तिलाई १० देखि १५ वर्ष सजायको व्यवस्था गरिएको छ।
नयाँ कानुनअनुसार ‘ट्रान्सजेन्डर्स’ लाई पनि एकदेखि तीन वर्ष जेल सजाय हुनसक्ने छ।
यो कानुनले इराकमा धार्मिक मूल्यलाई कायम राख्न सहयोग पु¥याउने समर्थकहरूको भनाइ छ।
अर्कोतर्फ विधेयकको विरोध गर्ने समूहहरू इराक यो कानुनको माध्यमबाट ‘एलजिबिटी’ समुदायको अधिकार हनन गर्न खोजेको आरोप लगाएका छन्।
विधेयकको पुरानो मस्यौदा १९८० मा पारित भएको वेश्यावृत्तिविरोधी कानुन संशोधन गर्न ल्याइएको थियो, जसमा मृत्युदण्डको प्रावधान गरिएको थियो।
अमेरिका र पश्चिमी मुलुकहरूको विरोधपछि कानुनमा संशोधन गरिएको थियो।(बिबिसीबाट)
Leave a Reply