काठमाडौं- भोजपुरको हतुवागडी गाउँपालिकामा भएको आगलागीमा परेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
हतुवागढी गाउँपालिका–७ पात्ले पानीमा भएको आगलागीमा परेर एकैघरका तीन बालबालिकाको मृत्यु भएको हो।
शनिबार साँझ गाईगोठमा अचानक आगलागी हुँदा एक परिवारका दाजुभाइका तीन छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीमा परेर केदार कार्कीका ५ वर्षीय छोरा प्रनिष र रमेश कार्कीका ५ वर्षीया छोरी दिप्सिका तथा उनका भाइ ३ वर्षीय दिउनिसको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी सुदीप पाठकले जानकारी दिएका छन्।
हिउँद सकिएर गर्मी बढेसँगै पछिल्लो समय देशका विभिन्न स्थानमा आगलागीका घटनाहरूमा वृद्धि भएको छ।
Leave a Reply