जनकपुरधाम- सनराइजर्स हैदराबादले इन्डियन प्रिमियिर लिग (आइपिएल) मा कीर्तिमानी स्कोर बनाएको छ।
पाँचपटकको आइपिएल विजेता मुम्बइ इन्डियन्सविरूद्ध बुधबार कीर्तिमानी स्कोर बनाएको हो।
आइपिएल २०२४ को आठौं म्याचमा मुम्बइविरूद्ध २७७ रनको विशाल स्कोर खडा गरेर हैदराबादले कीर्तिमान बनायो।
पहिले ब्याटिङ गरेको हैदराबाद टिमका ट्राविस हेडले २४ बलमा ६२, अभिषेक शर्माले २३ बलमा ६३ र क्लासेनले ३४ बलमा ८० रन बनाए।
हैदराबादका खेलाडीहरूले यो म्याचमा कूल १८ छक्का र १९ चौका प्रहार गरे।
२७७ रनको विशाल स्कोर खडा गर्ने क्रममा हैदराबादले जम्मा ३ विकेटमात्रै गुमायो।
मुम्बइका बलर क्वेना मफाकाले ४ ओभरमा ६६ रन र कप्तान हार्दिक पान्ड्याले ४ ओभरमा ४६ रन दिए।
यसअघि आइपिएलमा सर्वाधिक स्कोर २६३ रन रोयल च्यालेन्जर्स बेंगलुरूले २०१३ मा बनाएको थियो।
आइपिएलको सर्वाधिक पाँच स्कोर
२०२४ हैदराबाद २७७
२०२३ लखनऊ सुपरजायन्ट्स २५७
२०१६ आरसिबी २४८
२०१९ चेन्नइ सुपरकिङ्स २४६
हैदराबादले प्रस्तुत गरेको २७८ रनको लक्ष्य पछ्याएको मुम्बइ लगातार दोस्रो म्याचमा पराजित भयो।
५ विकेट गुमाएर २४६ रनमात्रै बनाउनसकेको मुम्बइ ३१ रनले पराजित भयो।
मुम्बइका लागि तिलक वर्माले सर्वाधिक ६४ रन बनाए। कप्तान हार्दिक पान्ड्याले २४, रोहित शर्माले २६, इशान किसनले ३४, नमन धीरले ३९ र टिम डेभिडले ४२ रन जोडे।
इन्डियन्सको व्यवस्थापनले रोहित शर्मालाई हटाएर पान्ड्यालाई कप्तान बनाएर नयाँ प्रयोग गरेको छ।
टिम व्यवस्थापनले गरेको यो निर्णयका कारण रोहितका प्रशंसकहरू निरास भएका छन् नै, खेलको प्रदर्शनमा समेत त्यसको असर देखिन थालिएको छ।
यो संस्करणमा अहिलेसम्म मुम्बइ इन्डियन्सले खेलेको दुवै खेलमा पराजयको सामना गर्नुपरेको छ।
बुधबार हैदराबादसँग पराजित भएको मुम्बइ त्यसअघि २४ तारिखमा भएको गुजरातविरूद्धको खेलमा पनि हार बेहोर्नुप¥यो।
मुम्बइ इन्डियन्स शून्य अङ्कसहित अङ्कतालिकाको ९ औं स्थानमा रहेको छ।
१० टिम सहभागी रहेको आइपिएलको अङ्कतालिकाको सबैभन्दा अन्त्यमा लखनऊ टिम रहेको छ।
Leave a Reply